काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१६ प्रतिशतल बढेको छ भने निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले घटेको छ । आज ७ बीमा कम्पनीको माात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ७.९० प्रतिशतले बढेर २३२७.५१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.४३ प्रतिशत, हिमालयन लाइफको ०.५५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १ प्रतिशत, सन नेपाल लाइफको ०.१७ प्रतिशत नेपाल माइक्रो इन्स्योरेन्सको ०.०६ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको सेयरभाउ ०.६३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउनेमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२४ प्रतिशतले घटेर ५४६.८४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.५१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४७ प्रतिशत, एनएलजीको १.०५ प्रतिशत, प्रभुको ०.६२ प्रतिशत, आरबीसीएलको ०.४७ प्रतिशत, शिखरको ०.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४३ प्रतिशत र युनाइटेड अजोडको ०.९४ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै सिटिजन लाइफको ०.६९ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.३९ प्रतिशत, आइएमई लाइफको ०.६४ प्रतिशत, एलआइसी नेपालको ०.६४ प्रतिशत, नेशनल लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१० प्रतिशत, सूर्यज्योति लाइफको ०.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१६ प्रतिशत र हिमालयन रि को ०.५९ प्रतिशतले सेयरभाउ घटेको छ ।