बिहीबार, असार ५,२०८२ 09:22:12
  • बिहीबार, असार ५,२०८२ 09:22:12
Global IME Bank Limited

महिनौदेखि बस्न सकेन नेप्सेको बोर्ड बैठक, अध्यक्ष नहुँदा कामकारवाही प्रभावित

Hyundai Nepal
महिनौदेखि बस्न सकेन नेप्सेको बोर्ड बैठक, अध्यक्ष नहुँदा कामकारवाही प्रभावित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा नयाँ सीईओ आएता पनि नेप्सेको कामकारबाही भने खासै अघि बढ्न सकेका छैनन् । यस्तो हुनुको पछि नेप्से भित्रको समस्या भन्दा पनि नेप्सेमा अध्यक्ष नहुनु मुख्य कारण हो । नेप्सेमा अध्यक्ष नहुँदा नियमित काम बाहेक अन्य काम हुन सकेका छैनन् । यस आघिका बोर्ड अध्यक्ष शोभाकर पौडेल गण्डकी प्रदेशमा सचिब भएर गए पछि डेढ महिना देखि नेप्से अध्यक्षविहिन बन्न पुगेको छ ।  

जसका कारण नेप्सेमा नियमित काम बाहेक अन्य काम केही पनि हुन सकेको अबस्था छैन । असार महिना भनेको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउने तथा पारित गर्ने समय पनि हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा अध्यक्ष पठाउने जिम्मा अर्थ मन्त्रालयस्थित वित्तिय व्यवस्थापन महाशाखाको हो । तर वित्तिय व्यवस्थापन शाखाका प्रमुख सेवन्त पोखरेल कार्यकक्षमा समेत भेटिदैनन भने सम्पर्कमा आउन पनि चाहदैनन् ।  

यसबाट ६८ लाख लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले हेर्ने दृष्टिकोण थाहा पाउन सकिन्छ । यसअघि पनि नेप्सेको सीईओ लामो समयपछि नियुक्त गरिएको थियो । बजारमा लगानीकर्ताहरुले नयाँ–नयाँ प्रविधि र प्रडक्ट अपेक्षा गरेका हुन्छन् । तर नेपाल सरकार र तालुकदार मन्त्रालय भने यस्ता विषयमा संधै बेखबरमा झै रहेका हुन्छन् । अर्थमन्त्रालयका सूचना अधिकारी अम्बिका प्रसाद खनालले यो विषय राजश्व सचिब हुँदै अर्थमन्त्रीले नै टुङगाउने भएकाले हालसम्म कुनै प्रक्रिया अघि बढेको आफ्नो जानकारीमा नभएको बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.