काठमाण्डौ । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाण्डौको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबारदेखि शाखा बिस्तारै गरेको छ ।
युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्घाटन गरेका छन् । उनले ‘बिरयानी अड्डा’ को उद्घाटन गर्दै व्यावसायिक सफलताको शुभकामना दिँदै विराटनगरवासी लगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्न पाउने बताए ।
काठमाण्डौमा ‘बिरयानी अड्डा’ ले जसरी बिरयानी लगायत विभिन्न खानका परिकारमा स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको छ, त्यसरी नै विराटनगरमा पनि खानको स्वाद पस्केर सबैलाई सन्तुष्टि दिलाउने विश्वास रहेको राउतले बताए ।
बिरयानी अड्डा निर्देशक सविन पाण्डेले छैठौं आउटलेटका रूपमा विराटनगरमा आजदेखि सुरुवात गरेको बताए । काठमाण्डौमा २०७६ सालदेखि सेवा सुरुवात गरेको बताउँदै, पाण्डेले भने, ‘अहिले हामी छैटौँ वर्षमा दौडिइरहँदा छैटौँ आउटलेटका रूपमा उपत्यका बाहिर पहिलो पटक विराटनगरमा खोलेका छौं । काठमाण्डौ, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट रहेका छन् ।’
उपत्यकामा बिरयानीको स्वाद लिनु भएका हाम्रा ग्राहकहरूले उपत्यका बाहिर ‘बिरयानी अड्डा’ को डिमान गरेपछि विराटनगरमा स्वाद पस्न आएको उनले बताए ।
विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’ को शाखा विराटनगरमा ल्याएकी हुन् । उद्घाटनका अवसरमा ‘बिरयानी अड्डा’ मा विभिन्न ग्राहकहरूलाई विभिन्न अफर दिइएको बताइएको छ ।
‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानी पाइनुका साथै पिजा, तन्दुरीलगायत खानाका परिकारहरू उपलब्ध रहेका छन् भने लाइभ म्युजिकबाट संगीतको मज्जा लिन पाइने बताइएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                