सोमबार, जेष्ठ ११,२०८३ 01:47:34
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 01:47:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जे एण्ड कोद्वारा काठमाण्डौमा नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी भित्राउदै बाली रि–लन्च

Laxmi Sunrise Bank Limited
जे एण्ड कोद्वारा काठमाण्डौमा नयाँ लक्जरी स्टोर उद्घाटन, एम्पोरियो अरमानी भित्राउदै बाली रि–लन्च
Shivam Cement

काठमाण्डौ । लक्जरी रिटेलर जे एण्ड को ले काठमाण्डौको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको भव्य उद्घाटन गरेको छ। यस अवसरसँगै, जे एण्ड को ले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी भित्राएको छ भने स्विस लक्जरी ब्रान्ड बालीलाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरेको छ।

स्टोरको उद्घाटन नेपालका ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाद्वारा भएको थियो । राजधानीको मुटुमा अवस्थित यो स्टोरले जे एण्ड को को अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्याउने प्रतिबद्धतालाई झल्काएको कम्पनीको भनाई छ । आधुनिक तथा आकर्षक इन्टेरियरसहित, यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।  

Bizshala
New Office
CG Motors

‘यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,’ जे एण्ड को का प्रबन्ध निर्देशक पंकज झुनझुनवाला ले भने, ‘एम्पोरियो अरमानी ले आफ्नो अद्वितीय शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बाली ले आफ्नो समृद्ध स्विस इतिहासलाई नयाँ डिजाईन दृष्टिकोणसहित फर्किएको छ। हामी यी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा गौरवान्वित छौं।’

एम्पोरियो अरमानी ले नेपालमा पहिलो पटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद, र आधुनिक लुक सहितका उत्पादनहरू प्रस्तुत गरेको छ । जुन आधुनिक र फेसनमा रुचि राख्ने युवापुस्तालाई लक्षित गरिएको छ।

बाली, जसले आफ्नो हस्तकला परम्परा र उत्कृष्टता लिएर नयाँ पहिचानसहित पुनरागमन गरेको छ, अब परम्परागत स्विस कौशललाई आधुनिक सौन्दर्यसँग जोड्दै नेपालको बजारमा नयाँ युगको संकेत दिएको कम्पनीको भनाई छ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.