काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६.७४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५० प्रतिशतले घटेको छ । आज ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७० प्रतिशतले घटेर १६१० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आरबीसीएलको ०.०८ प्रतिशत, एलआइसी नेपालको ०.५१ प्रतिशत, आइएमई लाइफको ०.१४ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.४८ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.६० प्रतिशतले घटेर १३३६.९५ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको ०.३४ प्रतिशत, सिटिजन लाइफको १.८० प्रतिशत, हिमालयन लाइफको ०.८२ प्रतिशत, नेपाल लाइफको ०.९९ प्रतिशत, नेशनल लाइफको २.७५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.१५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९५ प्रतिशत, सूर्यज्योति लाइफको ०.४४ प्रतिशत, सन नेपाल लाइफको १.८६ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७१ प्रतिशतले सेयरभाउ घटेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको ०.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५८ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.३६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८० प्रतिशत, एनएलजीको ०.५६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३३ प्रतिशत, सलिकोको ०.०१ प्रतिशत, सानिमा जिआइसीको १.४२ प्रतिशत, शिखरको १.०१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.११ प्रतिशत, युनाइटेड अजोडको ०.७७ प्रतिशत, हिमालयन रि को ०.५८ प्रतिशत र नेपाल रि को सेयरभाउ ०.२३ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                