काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सरकारको आर्थिक नीति र मौद्रिक नीतिबीचको भिन्नताका कारण मौद्रिक नीतिप्रति आम जनमानसको व्यापक चासो हुने गरेको बताएका छन् । म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले सोमबार राजधानीमा आव २०८२/८३ को मौद्रिक नीतिको विषयमा आयोजना गरेको छलफल कार्यक्रमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
आर्थिक नीतिले अबलम्बन गरेका नीति तथा व्यवस्थाहरु मौद्रिक नीतिमा पनि समेटिए मौद्रिक नीतिप्रति त्यति आम चासो हुदैन थियो होला । तर आर्थिक नीति र मौद्रिक नीतिबीचको भिन्नताले मौद्रिक नीतिप्रति आम चासो बढेको देखिन्छ,’ उनले भने । गभर्नर पौडेलले यस्तो भिन्नताले अन्यौलता समेत निम्ताउने तथा स्पष्टताको अभाव हुने बताए ।
यस्तै उनले मौद्रिक नीतिले आर्थिक नीतिलाई साथ दिने गरी अघि बढ्ने हो भने मौद्रिक नीतिप्रतिको चासोमा कमी आउने समेत बताए ।