बुधबार, श्रावण १३,२०८३ 10:18:41
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:18:41
Bizshala
Global IME Bank Limited

नेपाल जर्मन उद्योग वाणिज्य संघद्वारा बेलायतका लगानीकर्तसँग मेट्रोरेल लगानीबारे छलफल

नेपाल जर्मन उद्योग वाणिज्य संघद्वारा बेलायतका लगानीकर्तसँग मेट्रोरेल लगानीबारे छलफल
New Office

काठमाण्डौ । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरुसँग वार्ता गरेर नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्ने बारे लन्डनमा आयोजित एक कार्यक्रममा बताएका छन् ।  

अध्यक्ष कुँवरले नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजित बीटुबी मिटिङमा यस्तो बताएका हुन् ।  

नेपालको तर्फबाट उक्त विशेष बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भाग लिएका थिए ।  

सो अवसरमा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको बारे प्रस्ट पार्दै नेपालमा मेट्रो रेलमा लगानी गर्न अनुरोध गरे । यसका लागि नेपाल जर्मन उद्योग वाणिज्य संघ साथै यूकेका लगानीकर्ताहरुलाई संयुक्त रूपमा लगानी जुटाई अगाडि बढ्न अनुरोध गर्दै लगानी बोर्डले यसमा पूर्णरुपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने पनि प्रस्ट पारे। उक्त मिटिङमा सीईओ ज्ञवालीले लगानीका प्रावधान बारे प्रष्ट पार्दै नेपालमा अहिले राम्रो लगानीको वातावरण भएको र राम्रो प्रतिफलको पनि सम्भावना रहेको बताए ।  

साथै सोसाइटी अफ नेपालिज ईन्जिनियर्स यूकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नु अनुभव सुनाउँदै लगानीको प्रसस्थ सम्भावना भएको बताए ।  

त्यसैगरी, नेपालका लागि बेलायतका महामहिम राजदुत चन्द्र घिमीरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए। आयोजकको तर्फबाट बोल्दै उनले विभिन्न लगानीकर्ताहरुले लगानी गर्न र यसको प्रतिफल लिन अनुरोध गर्दै नेपालमा व्यवसायिक बाताबरण राम्रो भएको कुरा प्रस्ट पारे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.