शुक्रबार, जेष्ठ १,२०८३ 04:00:30
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:00:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकको अस्थिर नीतिका कारण समस्यामा व्यवसायी : मल्होत्रा

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकको अस्थिर नीतिका कारण समस्यामा व्यवसायी : मल्होत्रा
Shivam Cement

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले पोलिसी लेभलको समस्याले व्यवसायीहरुलाई थप समस्यामा पारेका बताएका छन् ।  

म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले सोमबार राजधानीमा आव २०८२÷८३ को मौद्रिक नीतिको विषयमा आयोजना गरेको छलफल कार्यक्रमा बोल्दै मल्होत्राले नेपाल राष्ट्र बैंक र सरकारको पोलिसीमा स्थिरता नहुने र तालमेल समेत नमिल्दा व्यवसायीहरुलाई समस्या परेको बताएका हुन् ।  

Bizshala
New Office
CG Motors

नेपाल राष्ट्र बैंकको फेरबदल भइरहने नीतिले व्यवसायीहरुलाई अप्ठ्यारोमा पारेको उनले बताए । ‘बैंकिङ प्रणालीमा अहिले ब्याजदर धेरै सस्तो छ, बैंकमा पैसा थुप्रिएको गइरहेको छ, रेमिट्यान्स बढेको बढ्यै छ, सबै प्यारामिटर हेर्दा ठिकै देखिएपनि व्यापार व्यवसाय राम्रो हुन सकिरहेको छैन’ उनले भने, ‘यस्तो अवस्था हुनुमा मैले विशेषत पोलिसी लेभलको समस्या देखेको छु । पोलिसीमा तालमेल नमिल्दा आएको समस्या होे, घरजग्गा व्यवसायीको लागि लोनको भ्यालुएसन कहिले ६०–७० प्रतिशत त कहिले झारेर ३० सम्म आउने यस्तो अस्थिर व्यवस्थाले व्यवसायीहरुलाई समस्यामा मात्रै पार्ने गरेको छ ।’

त्यस्तै, सरकारको अस्थिर नीतिले उपभोत्तालाई समेत समस्यामा पारेको उनले बताए । ‘केही समय अघिसम्म इभी सवारीहरु खरिद गर्दा बैंकले उपभोक्ताको लागि ८० प्रतिशत लगानी गर्ने भनेर व्यवसायीहरुले समेत त्यहिअनुसार नै इभी आयात गरे तर पछि पोलिसी परिवर्तन भएर ६० मा झ्र्यो उपभोक्ता सबैको दिमाग घुम्न थाल्यो’ उनले भने, ‘यस्तो खालको बँदलिदो नीतिले व्यवसायी र उपभोक्ता दुबैलाई समस्या उत्पन्न भएको छ ।’

साथै नेपाल राष्ट्र बैंकको पोलिसी करेक्सन नहुँदा सम्म घरजग्गा कारोबार नबढ्ने समेत उनले बताए । ‘पछिल्लो समय घरजग्गा कारोबार नहुनुको मुख्य कारण भनेको सप्लाई मात्रै बढी हुनु र डिमाण्ड कम हुनु हो’ उनले भने, ‘घरजग्गा व्यवसायको मुख्य समस्या भनेकै डिमाण्ड कम हुनु हो र डिमाण्ड कम हुनु भनेकै राष्ट्र बैंकको नीति हो ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.