बिहीबार, भाद्र १२,२०८२ 03:52:58
  • बिहीबार, भाद्र १२,२०८२ 03:52:58
Global IME Bank Limited

हिन्दुस्तान युनिलिभरका पूर्व अध्यक्ष दत्तको निधन

Hyundai Nepal
हिन्दुस्तान युनिलिभरका पूर्व अध्यक्ष दत्तको निधन
Shivam Cement

काठमाण्डौ । हिन्दुस्तान लिभर लिमिटेड (हाल हिन्दुस्तान युनिलिभर लिमिटेड) का पूर्व अध्यक्ष सुसिम मुकुल दत्तको हालै मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ । दक्षिण एसियाली कर्पोरेट जगतका एक प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका दत्तले नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गरेका थिए । उनले नेपालको उपभोक्ता सामग्री (एफएमसीजी) उद्योगलाई नयाँ उचाइमा पुर्याउने अहम योगदान दिएका थिए ।  

हिन्दुस्तान लिभरमा उनको चार दशकभन्दा लामो कार्यकाल रहेको थियो अध्यक्षको भूमिकामा रहँदै दत्तले कम्पनीलाई रणनीतिक रूपमा विस्तार र तीव्र प्रगतिको मार्गमा डोर्याएका थिए । उनका थुप्रै उपलब्धिहरू मध्ये नेपालमा विस्तार गर्ने उनको दृष्टिकोण क्षेत्रीय औद्योगिक विकासको एक ऐतिहासिक मोडको रूपमा स्मरणीय छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दत्तको अगुवाइमा सन् १९९२ मा युनिलिभर नेपाल लिमिटेडको स्थापना भएको थियो । उनले स्वयम्  हेटौँडास्थित कारखानाको स्थापना प्रक्रिया प्रारम्भ गरेका थिए र नेपालमा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संलग्न थिए । आज त्यही हेटौँडा कारखाना लाखौँ नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको छ । सन् १९९६ मा सेवानिवृत्त भएपछि पनि उनले दिगोपन, उत्तरदायी व्यापार, र नैतिक नेतृत्व जस्ता मूल्यहरूमा निरन्तर जोड दिए ।  

‘सुसिम मुकुल दत्तका सपना थियो, नेपाल लिभरलाई देशकै अग्रणी एफएमसीजी कम्पनी बनाउने,’युनिलिभरका वरिष्ठ कर्मचारी शोभन रोय भन्छन् ‘उहाँ मृदुभाषी, नम्र र सरल स्वभावका व्यक्ति हुनुहुन्थ्यो, तर साथसाथै स्पष्ट दृष्टिकोण र प्रेरणादायी नेतृत्व क्षमता भएका असल मार्गदर्शक हुनुहुन्थ्यो ।’

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.