काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३३ प्रतिशत र निर्जीवन बीमा समूह ०.२० प्रतिशतले बढेको छ । बीमा समूह बढ्दा आज २० कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४२ प्रतिशतले बढेर ६३४.८४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.९५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.३० प्रतिशत, आरबीसीएलको ०.८७ प्रतिशत, शिखरको १.२० प्रतिशत, युनाइटेड अजोडको ०.२८ प्रतिशत, एशियन लाइफको ०.०५ प्रतिशत, सिटिजन लाइफको ०.६६ प्रतिशत, हिमालयन लाइफको ०.११ प्रतिशत, आइएमई लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको १.०१ प्रतिशत, नेपाल लाइफको ०.०२ प्रतिशत, नेशनल लाइफको ०.१६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०५ प्रतिशत, सूर्यज्योति लाइफको ०.२८ प्रतिशत, सन नेपाल लाइफको ०.३५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५५ प्रतिशत, हिमालयन रि को ०.३२ प्रतिशत र नेपाल रि को ०.३७ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.६३ प्रतिशतले घटेर २३२६.४० रुपैयाँ पुगेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ०.९५ प्रतिशत, हिमालयन एभरेष्टको ०.४४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०८ प्रतिशत, एनएलजीको ०.८६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२७ प्रतिशत, सलिकोको १.०१ प्रतिशत, सानिमा जिआइसीको ०.३७ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.३२ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                