बुधबार, असार २५,२०८२ 11:09:56
  • बुधबार, असार २५,२०८२ 11:09:56
Global IME Bank Limited

बढ्दो आईपीओ निष्कासनका बीच कम्पनीहरुलाई हकप्रद बिकाउनै मुश्किल, किन घट्दैछ आकर्षण ?

Hyundai Nepal
बढ्दो आईपीओ निष्कासनका बीच कम्पनीहरुलाई हकप्रद बिकाउनै मुश्किल, किन घट्दैछ आकर्षण ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीहरुलाई धितोपत्र निष्कासनका लागि धमाधम अनुमति दिन थालेको छ । एकपछि एक गर्दै कम्पनीहरुको आईपीओ र हकप्रद सेयर निष्कासन भइरहेका छन् ।  

लगानीकर्ताहरु साधारण सेयर (आईपीओ)मा आकर्षित हुँदा यता हकप्रद सेयर निष्कासन गरेका कम्पनीहरुलाई सेयर बिकाउनै हम्यहम्य परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल ४ वटा कम्पनीले हकप्रद सेयर निष्कासन गरिरहेका छन् भने २ वटा क्यापिटलले म्युचुअल फण्ड र दुई कम्पनीको आईपीओ निष्कासन भइरहेको छ ।  

हकप्रद जारी गरिरहेका ४ कम्पनीलाई भने निर्धारित समयमा सेयर बिकाउनै हम्य परेको छ । यता लगानीकर्ताहरु बढी साधारण सेयरतर्फ बढी आकर्षित देखिँदा हकप्रदमा नजर नपुगेको देखिएको छ ।  

हाल एशियन लाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, र तेह्रथुम पावर कम्पनीको हकप्रद निष्कासन भइरहेता पनि हकप्रदमा लगानीकर्ताको खासै चासो देखिएको छैन ।  

कम्पनीहरुले पूँजी जुटाउने उद्देश्यले आफ्ना सेयरधनीहरुका लागि थप सेयर निष्कासन गर्दछ, भने त्यो हकप्रद सेयर हो । जसमा कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई बुकक्लोज मिति तोकेर आफ्नै हिस्साको अनुपातमा नयाँ सेयर खरिद गर्ने अधिकार दिएको हुन्छ । 

CG Motors
Muktinath Bikas Bank Limited

अहिले विशेषगरी हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरुमा बढी हाइड्रो र बीमा कम्पनीहरु छन् । बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिमको पूँजी जुटाउन हकप्रद सेयरको सहारा लिएका छन् भने हाइड्रो कम्पनीहरुले नयाँ परियोजना वा विस्तारको लागि र ऋण तिर्न हकप्रदको सहारा लिएका छन् ।  

एशियन लाइफ इन्स्योरेन्सले आजैदेखि हकप्रद जारी गरेको हो । सिडिएस एण्ड क्लियरिङ्खका अनुसार कम्पनीको हकप्रदमा आज पहिलो दिनमा ४ हजार ३०९ जनाले ५ लाख ९३ हजार १७५ कित्ताका लागि आवेदन दिएका छन् । जुन यो माग गरिएको आवेदनमा ४।१५ प्रतिशत मात्रै आवेदन हो । कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीको हकप्रदमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।  

त्यस्तै, छ्याङ्दी हाइड्रोपावरले पनि गत जेठ २३ गतेदेखि हकप्रद जारी गरेको हो । कम्पनीको हकप्रदमा ६६.९० प्रतिशत मात्रै आवेदन परेको छ । कम्पनीको हकप्रदमा २५ लाख ८९ हजार २९ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद  जारी गरेको हो । यो हकप्रदमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ ।  

पिपुल्स हाइड्रोपावरको हकप्रदमा पनि १७.७२ प्रतिशत मात्रै आवेदन परेको छ । कम्पनीले असार २२ गतेदेखि ३१ लाख ६३ हजार कित्ता हकप्रद जारी गरेकोमा हालसम्म ५ लाख ६० हजार ५०० कित्ताका लागि मात्रै आवेदन परेको छ । कम्पनीको हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।  

त्यस्तै, असार १६ गतेदेखि ४० लाख कित्ता हकप्रद जारी गरेको तेह्रथुम पावर कम्पनीको हकप्रदमा पनि हालसम्म ११ लाख ७४ हजार ९८० कित्ताका लागि मात्रै आवेदन परेको छ । जुन यो माग गरिएको आवेदनमा जम्मा २९.३७ प्रतिशत मात्रै हो । कम्पनीको हकप्रदमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।  

विशेषगरी अहलिे हकप्रद सेयरमा लगानीकर्ताहरुको आकर्षण नदेखिनुमा हकप्रद सेयरपश्चात् सेयरभाउ अपेक्षाकृत उच्च नहुनु हो । बजारभाउ  घट्दै गएका कम्पनीले हकप्रद सेयर निष्कासन गर्नु त्यसैमाथि त्यस्तै कम्पनीको वित्तीय अवस्था पनि कमजोर देखिनुले हकप्रदमा लगानीकर्ताको आकर्षण कम देखिएको हो ।  

साथै कम्पनीको वित्तीय अवस्था राम्रो नभएको अवस्थामा घाटामा गइरहेको कम्पनी र लाभांश पनि नदिएको कम्पनीमा लगानीकर्ताहरु थप लगानी गर्न चाहँदैनन् । हकप्रद मूल्य र बजार मूल्य नजिक हुँदा पनि लगानीकर्ता हकप्रदमा आकर्षित देखिँदैनन् । अहिले अधिकांश हाइड्रोपावर कम्पनीहरुको बजार मूल्य न्यून देखिन्छ ।

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.