काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५ औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनको राजीनामा असार २४ गतेबाट लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । बज्राचार्ग सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।