बिहीबार, श्रावण ७,२०८३ 05:10:54
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 05:10:54
Bizshala
Global IME Bank Limited

सञ्चालनमा आयो ‘जिओ फ्लाईट’: मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने

सञ्चालनमा आयो ‘जिओ फ्लाईट’: मोबाईलबाटै सबै सुविधा लिन सकिने, सहज र सस्तोमा हवाई टिकट पाईने
New Office

काठमाण्डौ । उपभोक्ताहरुलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरुप ‘जिओ फ्लाईट’ सञ्चालनमा आएको छ । जोय ग्रूपले उपभोक्तालाई सहज रुपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्य अनुरुप उक्त अनलाईन प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।  

जोय ग्रूपले सञ्चालनमा ल्याएको जिओ फ्लाईटलाई हाल एन्ड्रोइट र आईओएसगरी दुबै भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । यसैगरी वेवसाईटमार्फतमा गएर उक्त कम्पनीको सम्पूर्ण सेवा सुविधा लिन सकिने छ ।  

अहिलेको प्रबिधिको युगमा उपभोक्ताहरुलाई एउटै प्लेटर्फमबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरु उपलब्ध गराउने उद्देश्य अनुरुप जिओ फ्लाईट सञ्चालनमा ल्याइएको जिओ फ्लाईटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए । ‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनु पर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले संचालनमा ल्याएको उक्त प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ जसले अप्रेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’

साथै, जिओ फ्लाईटबाट हवाई टिकट खरिद गर्दा अन्य प्लेटर्फमबाट भन्दा सस्तो हुने समेत उनले जनकारी दिए । ‘आन्तरिक तथा बाह्य दुबै खालका हवाई टिकट खरिद गर्न सकिने उक्त प्लेटफर्ममार्फत धार्मिक एवं व्यवसायीक भ्रमणको प्याकेट समेत उपलब्ध गराईनेछ । अनलाईनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरिदका साथै भ्रमण प्याकेज लिन सकिने उक्त प्लेटर्फममार्फत नयाँ व्यवसाय सुरुवात तथा सो सम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिनेछ,’ उनले भने ।  

जिओ फ्लाईटको सुरुवातसँगै नेपालको पर्यटन क्षेत्रलाई थप नयाँ उचाईमा पुर्याउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ । आधुनिक प्रविधि सहित सञ्चालनमा आएको उक्त प्लेटफममार्फत नेपालको पर्यटन क्षेत्रमा हाल देखिएको ग्यापकलाई समेत हटाउने कम्पनीको विश्वास रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.