Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर

Global IME Bank Limited
भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारमा टि प्लस 0 व्यवस्था लागू हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’(सेबी)ले आगामी मार्च २८ देखि सेयर कारोबार राफसाफमा टि प्लस 0 व्यवस्था लागू गर्ने तयारी गरेको हो ।  

यससँगै भारतमा अब सेयर किनबेच भएकै दिन धितोपत्र राफसाफ तथा फस्यौट हुने भएको छ । रिपोर्टका अनुसार सेबीका अध्यक्ष माधवी पुरीले सेयर कारोबारको राफसाफ तत्काल गर्ने व्यवस्था हुन लागेको बताएका हुन् । अहिले भारतमा टि प्लस १ को व्यवस्था रहेको छ । नेपाल लगायत विश्वका अधिकांश देशहरुमा भने टि प्लस २ को व्यवस्था रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्वमा टि प्लस ० लागू गर्ने भारत, चीन पछिकै दोस्रो देश बन्नेछ । यस बारेमा सेबीले पहिले पनि जानकारी दिएको थियो । सेबीले यो व्यवस्था दुई चरणमा लागू हुने जनाएको छ । पहिलो चरणमा टि प्लस ० राफसाफ प्रणालीलाई दिनको १.३० बजेसम्मको कारोबारका लागि सुरु गरिनेछ । यसमा पैसा र सेयरको सेटलमेन्टको प्रक्रिया साझ ४.३० बजेसम्म पुरा गरिनेछ ।  

त्यस्तै दोस्रो चरणमा वैकल्पिक क्विक सेटलमेन्ट अप्सन हुनेछ । जसमा पैसा र सेयर दुवैलाई ट्रेड–टु–ट्रेड सेटलमेन्ट गरिनेछ ।  

यो प्रक्रियालाई वैकल्पिक आधारमा लञ्च गरिने तयारी भएको छ ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.