काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक इल्या दिक्षित भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आफ्नो व्यक्तिगत तथा पारिवारिक कारणले सञ्चालक पदमा रही रहन असमर्थ भएको जनाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।
उनको राजीनामा गत वैशाख ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेलाई पठाएको सूचनामा उल्लेख छ ।

