Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एक महिना पछि नेप्से पुनः२१ सय माथि,बजार बढ्नुको के हो खास कारण ?

Global IME Bank Limited
एक महिना पछि नेप्से पुनः२१ सय माथि,बजार बढ्नुको के हो खास कारण ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्से परिसूचक एक महिना पछि पुनः२१ सय बिन्दुमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन आज नेप्सेमा ५० अंकभन्दा बढीको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.५८ अंक अर्थात २.८५ प्रतिशतले बढेर २ हजार १११.२४ विन्दुमा पुगेको छ ।

यसअघि माघ २९ गते नेप्से परिसूचक २१ सयबाट तल झरेको थियो । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.९० प्रतिशतले बढेर ३७५.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थाप(जयशम्भु)भन्छन्,‘नवनियुक्त अर्थमन्त्रीको सकारात्मक पहलले गर्दा बजार बढ्न सहयोग गरेको छ । ब्याजदर पनि घट्दो क्रममा छ । नयाँ ब्याजदर पनि चाडै सार्वजनिक हुँदैछ । त्यसकारण बैंकले ३ प्रतिशतमा राष्ट्र बैंकमा पैसा राख्न भन्दा बजारमै पैसा लगानी गर्छन ।’  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राविधिक रुपमा ईलिअट दोस्रो वेभ सकिएर तेस्रो वेभको सुरुवात भएको उनले बताए । उनले थपे,‘तेस्रो भित्रको पनि पहिलो वेभ नै २२८० सम्म जान सक्ने र तेस्रो वेभ भने २६०० माथि रहने देखिन्छ ।’

अर्का बजार जानकार निमानन्द कंडेल भन्छन्,‘नयाँ गठबन्धन बनेता पनि लगानीकर्ता ढुक्क भने थिएनन् । तर आज राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धको विजय भएपछि सरकारले स्थिरता पाउने भएपछि लगानीकर्तामा उत्साह आएको देखिन्छ ।’

ब्याजदर पनि घट्दै गईरहेको र सरकारले केहि नीतिगत परिवर्तन गरेमा  बजारले ठूलै फड्को मार्नेमा कँडेल ढुक्क देखिए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै अर्थात ५.४४ प्रतिशतको वृद्धि भएको छ ।  

त्यस्तै बैंकिङ समूह ३.१० प्रतिशत,विकास बैंक २.१७, वित्त २.२९,होटल ३.९३,हाईड्रो ०.९९,लगानी १.८७,उत्पादन तथा प्रशोधन २.३४,लघुवित्त ५.०५,म्युचुअल फण्ड १.५५,निर्जीवन बीमा ३.१५ अन्य १.६४ र व्यापार समूह १.६९ प्रतिशतले बढे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख बढीको सेयर कारोबार भएको छ । आज सोनापुर मिनरल्सको २४ करोड ९ लाख,सन नेपाल लाइफको १६ करोड ५२ लाख,हिमालयन रि इन्स्योरेन्सको १५ करोड ७१ लाख र माउन्टेन इनर्जी नेपालको ११ करोड ११ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । आजजनउत्थान सामूदायिक लघुवित्त,उन्नती सहकार्य लघुवित्त,विन नेपाल लघुवित्त,स्वाभिमान लघुवित्त र जाल्पा सामूदायिक लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  

त्यस्तै आज सार्पेट लघुवित्तको सेयरमूल्य ८.९५,नाडेप लघुवित्तको ८.०७ र अभियान लघुवित्तको सेयरमूल्य ८.०१ प्रतिशतले बढेको छ ।  

आज मोलुङ हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यो कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले घटेको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.