सोमबार, असार ३०,२०८२ 01:54:48
  • सोमबार, असार ३०,२०८२ 01:54:48
Global IME Bank Limited

असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?

Hyundai Nepal
असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?
Shivam Cement

काठमाण्डौं । केही लगानीकर्ता संघका नेताहरुले पुनः ब्रोकरलेस सेवाको माग गरेका छन् । राजधानीको एक लगानीकर्ता संघका नेता  समेत रहेका ति लगानीकर्ताले बिजशालासँग आज धेरैजसो लगानीकर्तालाई ब्रोकरहरुले जबरजस्ति सेयर बेच्न लगाएको बताए ।  

‘यो अवस्था देख्दा त बजार आज रातोमा नै बन्द हुन्छ भन्ने थियो, ती लगानीकर्ताले भने, ‘बेला–बेला ब्रोकरले लगानीकर्तालाई निकै पीडा दिएका छन् । एक बराबर ४ कोल्याट्रल पनि दिएका छैनन् । धितोपत्र विनियमावलीमा भएको सुबिधा पनि भीख मागे झै माग्नु परेको छ । कमोडिटिज बजार र पूँजीबजार भनेको लिभरेजमा नै चल्ने हो । हामी ब्रोकरदेखि निकै दिक्क भएका छौं ।’

उनले थप्दै भने, ‘अब पहिले हामी हाम्रै संघहरु भित्र यस विषयमा गम्भिर छलफल गर्छौ । त्यसपछि धितोपत्र बोर्ड र नेप्सेसँग पनि यो विषयमा छलफल गर्नेछौ । लगानीकर्ताहरुलाई सामान्य लिभरेज पनि दिन सक्दैनन् र सधैं दबाब दिने हो भने ब्रोकर किन चाहियो ? त्यसैले अब ब्रोकरलेस सेवा सुरु गर्नुपर्छ ।  

Muktinath Bikas Bank Limited

के भन्छन् ब्रोकर ?

तर ब्रोकरहरु भने लगानीकर्ताको आरोप स्विकार गर्न तयार छैनन् । राजधानीकै एक ब्रोकरले भने ‘हामीले संधै लगानीकर्ता साथीहरुलाई त्यसरी पीडा दिएका छैनौं । ३६५ दिनमा ४ दिन हामीलाई पनि साथीहरुले बुझिदिनु पर्छ । अहिलको समय असारको क्लोजिङको समय हो । हामीले पनि बैंकको हिसाब मिलाउनु पर्छ ।’  

किन देखियो समस्या ?

कारोबारीको बीच लेनदेनको विषयमा मध्यस्तता गर्न नै ब्रोकर राखिएको हो । अर्को शब्दमा भन्नुपर्दा किन्नेले सेयर र बेच्नेले पैसा समयमा नै भुक्तानी गरोस् भनेर नै ब्रोकर राखिएको हुन्छ । विश्वका सेयर बजारमा पैसाको समस्या समधानको लागि सेटलमेन्ट ग्यारेन्टी फण्ड हुन्छ ।  

जहाँ ब्रोकरहरुलाई कुनै भुक्तानी आवश्यक परेमा निश्चित ब्याजमा उक्त फण्ड प्रयोग गर्न सक्छन । यस्तै, केही गरि बेचेको सेयर लगानीकर्ताबाट भुक्तानी हुन नसकेको अवस्थामा अक्सन बजारको व्यबस्था हुनेगर्छ । 

तर बिडम्बनाको विषय नेपालको ३१ वर्षको इतिहासमा यी दुवै विषय ओझेलमा पर्दा लगानीकर्ता र ब्रोकरबीच बेला–बेला नोकझोक चल्दै आएको छ ।  हाल ब्रोकरहरुसँग सेटलमेन्ट फण्डका लागि झण्डै १० करोड रुपैयाँ निष्क्रिय रहेको ब्रोकरहरुले बताउँदै आएका छन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.