बिहीबार, बैशाख ३,२०८३ 11:23:41
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 11:23:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराऔं : राष्ट्र बैंक

Bizshala
अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराऔं : राष्ट्र बैंक
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबार सम्बन्धमा तत्काल जानकारी गराउन सबैमा आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज वित्तीय सचेतना अभिवृद्धका लागि एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

डिजिटल वित्तीय सेवा जति आधुनिक हुँदै गएको छ वित्तीय ठगी र अपराधका शैली पनि त्यतिनै फरक, नयाँ र जटिल बन्दै गएको काले आफ्नो मोबाइल/इमेलमा आएको ओटीपी आफ्नो व्यक्तिगत उपकरण (मोबाइल, कम्प्युटर, एटीएम आदि) तथा इमेलको पासवर्ड कसैलाई सेयर गरेको अवस्थामा त्यस्तो व्यक्तिले बैंक खाताबाट अनधिकृत कारोबार गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यसकारण वित्तीय ठगीमा पर्न सक्ने सम्भावना हुन्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तो अवस्थामा कहाँ र कसलाई खबर गर्ने भन्ने जानकारी लिन आवश्यक हुन्छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कस्टमर सर्पोट सिस्टमको व्यवस्था गरेका हुन्छन् । कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्दछ ।  

वित्तीय ठगीमा संलग्न हुनेहरूले छोटो समयमा धेरै खाताहरूमा रकमान्तर गर्ने भएकाले जति समय खर्च भयो त्यस्तो कारोबारको पहिचान गर्न त्यति नै कठिन हुँदै जान्छ । तसर्थ, आफू वित्तीय ठगीमा परेको वा आफ्नो खाताबाट अनधिकृत वित्तीय कारोबार भएको भेटिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराई सम्भावित थप नोक्सानीबाट जोगिन राष्ट्र बैंकले आग्रह गरेको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.