बुधबार, असार ३२,२०८२ 07:05:29
  • बुधबार, असार ३२,२०८२ 07:05:29
Global IME Bank Limited

प्रभु बैंकले साउन महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?

Hyundai Nepal
प्रभु बैंकले साउन महिनाका लागि घटायो ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा कति ?
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र  संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।  

बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने बैंकले अधिकतम ६.१०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।  

Muktinath Bikas Bank Limited

बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि ३.७५० प्रतिशत,२४ महिनादेखि ५ वर्ष अवधिका लागि ४ प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि २.७५० प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ३ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ३.२५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

बैंकले प्रभु हाईब्रिड बचत खाता अन्तर्गत २४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ४.२५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । साथै स्वर्णिम मुद्दती बचत खाताअन्तर्गत(व्यक्तिगत मात्रै)५ वर्ष अवधिका लागि ४.२५० प्रतिशत ब्याजदर तोकेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.