बिहीबार, श्रावण १,२०८२ 02:07:54
  • बिहीबार, श्रावण १,२०८२ 02:07:54
Global IME Bank Limited

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

Hyundai Nepal
सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन
Shivam Cement

काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् । मङ्गलबार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई  सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।  

बिगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरुले माग गर्दै आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियमक निकाय(एसटीआई) गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरु समाधान हुने मन्त्री अधिकारीको बिश्वास छ ।

Muktinath Bikas Bank Limited

मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्र भित्र रहेको उल्लेख गदैं  समस्याग्रस्त सहकारीहरुको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।  

कर्जा असुली न्यायधिकरण, नियमन प्राधिकरण लगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्य अनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।

मन्त्री अधिकारीले सपथ ग्रहण गराएसँगै नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले आजैबाट कार्यभार सम्हालेका छन् । सपथ ग्रहण समारोहमा मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्राधिकरणका सदस्यहरु, मन्त्रालयका सहसचिव लगायतको उपस्थिति रहेको थियो । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X