बिहीबार, श्रावण ७,२०८३ 05:12:57
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 05:12:57
Bizshala
Global IME Bank Limited

हायात सेन्ट्रिक पुनः बन्यो बिराटनगर किंग्सको आधिकारिक हस्पिटालिटी पार्टनर

हायात सेन्ट्रिक पुनः बन्यो बिराटनगर किंग्सको आधिकारिक हस्पिटालिटी पार्टनर
New Office

काठमाण्डौ । हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौलाई पुनः बिराटनगर किंग्स को आधिकारिक हस्पिटालिटी पार्टनर भएको छ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो सिजनका लागि हायात सेन्ट्रिक र बिराटनगर किंग्सबीच पुनः सहकार्य गर्ने सहमति भएको हो ।  

यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको दुवै पक्षको धारणा रहेको छ । यस सहकार्यको अंश स्वरूप, बिराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभव गर्न पाउने छन्। 

होटलको सेवामा देखिने निष्ठा र सुस्पष्ट व्यवस्थापनले मैदान बाहिरको समयलाई सहज र सन्तुलित बनाउने विश्वास लिइएको छ।

बिराटनगर किंग्सका व्यवस्थापनले भन्यो, ‘हामी हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौसँग पुनःसहकार्य  गर्न पाउँदा खुसी छौं। वहाँहरूबाट गत सिजनमा प्राप्त आतिथ्यता, पेसागत सेवा र समर्पण प्रशंसनीय  थियो। यसले हाम्रो टिममा सकारात्मक माहोल सिर्जना गरेको थियो। हामी यो वर्ष पनि सँगै काम गर्न आतुर छौं।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.