काठमाण्डौ । गोरखा ब्रुअरी प्रालि र नेपालको लोकप्रिय राइड-हेलिङ प्लेटफर्म पठाओले संयुक्त रूपमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेका छन्। यो अभियान नेपालमा जिम्मेवार मद्यपान (Responsible Drinking) र सुरक्षित यात्रा (Safer Mobility) को संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो।
गोरखा ब्रुअरीले आफ्नो वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) प्रति प्रतिबद्धता अनुरूप 'Together Towards Zero and Beyond' दिगोपन पहल अन्तर्गत 'Zero Irresponsible Drinking' को लक्ष्यलाई सहयोग पुर्याउने गरी यो अभियान सुरु गरेको हो।
यस अभियानले विशेषगरी रात्रिकालीन सामाजिक जमघटमा सहभागी हुनेहरुलाई मद्यपान पश्चात सुरक्षितरूपमा घर फर्किन पठाओ जस्ता सुरक्षित सवारी सेवाको प्रयोग गर्न प्रेरित गर्नेछ। अभियानले ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध जनचेतना फैलाउने र दीर्घकालीन रूपमा जिम्मेवार व्यवहारको विकास गर्ने लक्ष्य लिएको छ।
गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर रोजन अमात्यले भने, “यो अभियान केवल एउटा सन्देश हैन, चेतनामा रूपान्तरण ल्याउने प्रयास हो। सामाजिक उत्तरदायित्वप्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानिय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो।”
काठमाडौं उपत्यकाबाट अभियानको थालनी
अभियानको पहिलो चरण काठमाडौं उपत्यकामा सुरु हुनेछ। पठाओको डेटा–आधारित सञ्चार संयन्त्र प्रयोग गर्दै सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देशहरू फैलाइनेछन्, जसले जिम्मेवार मद्यपानबारे प्रभावकारी चेतना फैलाउने अपेक्षा गरिएको छ।
नेपालमै पहिलो पटक यस्तो सहकार्य
नेपालको पेय उद्योगमा पहिलोपटक कुनै ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबीच जिम्मेवार मद्यपान प्रवर्द्धनका लागि सहकार्य भएको हो। यसले उद्देश्य–केन्द्रित सहकार्यद्वारा समाजमा सकारात्मक परिवर्तन सम्भव हुने संकेत दिएको छ।
गोरखा ब्रुअरी र पठाओले दिगोपनलाई व्यवहारमा उतार्दै, सचेत निर्णय र सामूहिक प्रयासमार्फत सकारात्मक परिवर्तन सम्भव हुने सन्देश दिएका छन्।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                