बिहीबार, श्रावण ७,२०८३ 02:47:11
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:47:11
Bizshala
Global IME Bank Limited

ईसेवा मनी ट्रान्सफर र जापानको यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

ईसेवा मनी ट्रान्सफर र जापानको यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता
New Office

काठमाण्डौ ।  नेपालको प्रमुख डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफर र जापानस्थित रेमिट्यान्स कम्पनी यहेई रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत श्री अजेय कोईराला र यहेई रेमिटका प्रबन्ध निर्देशक श्री नविन निउरेले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै अब जापानमा कार्यरत नेपालीहरूले यहेई रेमिटको मोबाइल एपमार्फत सजिलै र छिटो रूपमा नेपालमा रहेका आफन्तलाई ईसेवा मनी ट्रान्सफरमार्फत पैसा पठाउन सक्नेछन्। पठाइएको रेमिट्यान्स ईसेवाका १३,८०० भन्दा बढी भुक्तानी केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरू, १ लाखभन्दा बढी क्यासप्वाइन्टहरू र ईसेवा वालेट मार्फत प्राप्त गर्न सकिनेछ।

सम्झौतापछि प्रतिक्रिया दिंदै ईसेवा मनी ट्रान्सफरका CEO कोईरालाले भने, “यहेई रेमिटसँगको सहकार्यबाट हामी निकै उत्साहित छौं। यसबाट जापानबाट नेपाल पैसा पठाउने प्रक्रिया अझ सहज, सुरक्षित र भरपर्दो हुनेमा हामी विश्वस्त छौं।”

ईसेवा मनी ट्रान्सफरले २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरी सेवा सुरु गरेको हो। यो एफवान सफ्ट ग्रुप अन्तर्गतको भगिनी संस्था हो, जसले दुई करोडभन्दा बढी व्यक्ति र १ लाख ३० हजारभन्दा बढी संस्थालाई फिनटेक समाधानमार्फत सेवा दिँदै आएको छ।

यहेई रेमिट, जापानको टोकियोमा रहेको Yehey Japan Co. Ltd. द्वारा सञ्चालित रेमिट्यान्स सेवा प्रदायक हो। सन् २००७ मा स्थापना भएको यो कम्पनी कान्तो लोकल फाइनान्स ब्युरो द्वारा लाइसेन्स नं. ०००७४ अन्तर्गत नियमनमा रहँदै आएको छ। यहेई रेमिटले जापानमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्तलाई सहज, सुरक्षित र प्रयोगमैत्री माध्यमबाट रकम पठाउने सेवा प्रदान गर्दै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.