काठमाण्डौ । एनआईसी एशिया बैंक र लिजाश्री इन्टरप्राइजेज प्रालिबीच बैंकका ग्राहकमहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापछि बैंकका ग्राहकहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँबानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशीभवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लिजाश्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।