काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३५ प्रतिशत र निर्जीवन बीमा समूह ०.६७ प्रतिशतले घटेको छ । आज तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । आरबीसीएलको ०.८० प्रतिशतले बढेर १६ हजार १३८ रुपैयाँ, सलिकोको ०.०६ प्रतिशतले बढेर ७४२.३१ रुपैयाँ र सिद्धार्थ प्रिमियरको ०.४१ प्रतिशतले बढेर ८६५.३२ रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ३.९० प्रतिशतले घटेर ८९८.२७ रुपैयाँ कायम भएको छ । त्यस्तै, हिमालयन एभरेष्टको १.१४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१४ प्रतिशत, नेको इन्स्योरेन्सको १.९५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.३० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९१ प्रतिशत, सानिमा जिआइसीको ०.५६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.०१ रुपैयाँ र युनाइटेड अजोडको ०.१७ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन रि को २.०६ प्रतिशत र नेपाल रि को ०.४९ प्रतिशत, एशियन लाइफको ०.९४ प्रतिशत, सिटिजन लाइफको १.६३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.७४ प्रतिशत, हिमालयन लाइफको १.६३ प्रतिशत, आइएमई लाइफको १.६९ प्रतिशत, एलआइसी नेपालको १.७३ प्रतिशत, नेपाल लाइफको १.०६ प्रतिशत, नेशनल लाइफको १ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८८ प्रतिशत, रिलायबल नेपाल लाइपकmो ०.५९ प्रतिशत, सूर्यज्योति लाइफको ३.२६ प्रतिशत, सन नेपाल लाइफको ०.९८ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.१४ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                