शुक्रबार, जेष्ठ १,२०८३ 04:01:08
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:01:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने

Laxmi Sunrise Bank Limited
युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण भदौ ३० गते आयोजना हुने
Shivam Cement

काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को संयुक्त आयोजनामा यहि भदौ ३० गते काठमामण्डौमा नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण ( 4th Nepal Youth Entrepreneurship Summit 2025 ) आयोजना हुने भएको छ । सम्मेलन आयोजनासम्बन्धी समझदारी पत्रमा मगंलवार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्त रुपमा हस्ताक्षर गरे ।  

सन् २०१९ बाट सुरु भएको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण आयोजनासम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । पहिलो संस्करणदेखि नै राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्ष्टिच्युटले निरन्तररुपमा सम्मेलन आयोजना गदैं आएका छन् ।

Bizshala
New Office
CG Motors

समझदारी कार्यक्रममा बोल्दैं राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गदैं युवा उधमशीलताको बिकासमा सरकारले गरेका नितिगत ब्यवस्थाको प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । युवाहरुलाई उद्यमी वन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरुलाई बित्तिय सहजीकरण गर्न सम्मेलन उपलब्धीमुलक हुने उपाध्यक्ष बस्नेतको भनाई छ ।  

एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरेले सरकार, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवद्र्धनमा हालसम्म गरेका नितिगत र कार्यक्रमगत उपलब्धीको चर्चा गदैं भावी रणनिति बनाउन सम्मेलनले मार्गनिर्देश गर्ने बताए । उनले सम्मेलनमा युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ता, उच्चपदस्त सरकारी अधिकारी र सरोकारवालासहित देशभरका ५ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने जानकारी दिए ।

युवा उद्यमशीलता ः निति, कार्यक्रम र कार्यान्वयन ( Youth Entrepreneurship : Policy, Program and Implementation ) भन्ने मुल नारा रहेको सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नेछन् छ भने यो सम्मेलनमा पुर्व प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दातृ संस्था र निजि क्षेत्रका उच्चपदस्त अधिकारीहरुको सहभागीता र साझेदारी रहने छ ।  

युवाहरुमा वित्तीय पहुंच, सरकारी नीति, कर नीति , स्टार्टअप कार्यक्रम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टार्टअप बिजनेसवारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजक संस्थाको विश्वास छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.