बुधबार, श्रावण २१,२०८२ 12:29:37
  • बुधबार, श्रावण २१,२०८२ 12:29:37
Global IME Bank Limited

खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

Hyundai Nepal
खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
Shivam Cement

काठमाण्डौ । खुद ब्याज आम्दानीमा गिरावट आएसँगै फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडको नाफा घटेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.३४ प्रतिशतले कम हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १४ करोड ६ लाख खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८१ प्रतिशतले घटेको छ । संस्थाले २१ करोड १७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यो रकम ३१ करोड ५ लाख रहेको थियो। कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि घटेकोृ छ । अघिल्लो आवमा १ करोड ८६ लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ५१ लाख ३४ हजार रुपैयाँमा सीमित बनेको छ ।    

Shivam Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी २६ करोड २७ लाख र सञ्चालन नाफा १९ करोड ८ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ १०.०८ प्रतिशतले घटेर १० करोड ७८ लाखमा झरेको छ । रिजर्भको आकार भने २८ करोड ५४ लाखबाट बढेर ३१ करोड २४ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको खराब कर्जा अनुपात ३.१६ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ । यस्तै वितरणयोग्य मुनाफा ११ करोड ९९ लाखबाट घटेर १० करोड ७८ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी ८.०२ रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.२५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०३.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८१.५८ गुणा र तरलता अनुपात ११.५१ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.