सोमबार, भाद्र २,२०८२ 01:28:19
IME remit
  • सोमबार, भाद्र २,२०८२ 01:28:19
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘दिगो लगानी भित्रिएन’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘दिगो लगानी भित्रिएन’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.१४ अंकले घटेर २ हजार ७६१.२२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९७ प्रतिशतले घटेर ४७४.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्,  ‘बजार घट्नु पर्ने कुनैपनि विशेष कारण छैन । बजार बढ्दा भोल्युमले सपोर्ट गरेको थिएन । यसकारण बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्न अनुमति दिनुपर्ने देखिएको छ । बजारमा ठूलो र दिगो लगानी भित्रिन सकेको छैन ।’

यद्यपी बजार सधै घटेको घट्यै भने नगर्ने उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले मास सेन्टिमेन्ट बिग्रीएकाले बजार घट्न पुगेको बताए । ‘नियामकले रियल टाइम कारोबार गर्ने व्यवस्था गरेको र बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको मनोबल नबढेका कारण बजार बढ्न नसकेको हो । यद्यपी प्राविधिक रुपमा भने बजार लगभग बटममा आईसकेको छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.०५ प्रतिशतले बढ्यो ।  

व्यापार समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.५९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.९३ प्रतिशत,विकास बैंक ०.४९, फाइनान्स ०.९०, होटल ०.३३, हाईड्रो ०.६९, लगानी ०.८२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.०३, लघुवित्त १.२७, निर्जीवन बीमा ०.५० र अन्य समूह १.५१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५१ करोड ६७ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ३५ करोड ४५ लाख, नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख र शिवम् सिमेन्टको २२ करोड १४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.२९ प्रतिशतले बढ्यो । कालिका पावरको सेयरमूल्य पनि आज ५.९६ प्रतिशत र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य ५.७६ प्रतिशतले बढ्यो ।  

सम्पदा लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.०६ प्रतिशतले घट्यो । यो दिन ट्रेड टावरको सेयरमूल्य पनि ५.८८ र ग्रीन डेभलपमेन्टको सेयरमूल्य ४.७९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.