सोमबार, भाद्र २,२०८२ 06:11:08
IME remit
  • सोमबार, भाद्र २,२०८२ 06:11:08
IME remit
Global IME Bank Limited

सामान्य अंकले बढ्यो नेप्से, कारोबार ६.१७ अर्ब

Hyundai Nepal
सामान्य अंकले बढ्यो नेप्से, कारोबार ६.१७ अर्ब
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्  ‘धेरै दिनदेखि घटेको बजारमा आज घट्न रोकिएको छ । यसले बजारले बटम लगाउँदै गरेको मान्न सकिन्छ । किनकी अहिले सहज तरलताको अवस्था छ । बैंकहरुको बेस रेट पनि कम रहेको छ । राष्ट्र बैंक पनि लचक नै रहेको छ ।’ कम्पनीहरुको रिपोर्ट पनि राम्रो नै आएको, लाभांशको सिजन सुरु भएको र अन्यत्र लगानीको अवसर नरहेका कारण बजार सम्हालिने प्रयास गरेको लम्सालको तर्क रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरि सक्रिय लगानीकर्ता प्रेम ओली पनि आजदेखि बजार घट्न रोकिएको बताउँछन् । उनका अनुसार अहिले लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेका छन् । ‘आज बेच्नेहरु पछि हट्दा बजारमा कारोबार कम आएको हो । कारोबारीहरु हावी भएको बजारमा उनीहरुले खरिद गर्न कन्फर्मेसन कुरेका कारण नै बजार बढ्न नसकेको हो, ’ उनले भने । यस कारण पनि बजार अब २७५० भन्दा तल नजाने उनको तर्क रहेको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, विकास बैंक ०.३१, फाइनान्स ०.०९, होटल ०.२४, हाईड्रो ०.९७, लगानी ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.४९, लघुवित्त ०.१० र निर्जीवन बीमा ०.३८ प्रतिशतले बढे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २१ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।  

यसैगरी आज बुटवल पावर कम्पनीको २० करोड ९५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ७५ लाख, कालिका पावर १८ करोड ५ लाख र हिमालयन डिष्टीलरीको १७ करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । युनियन हाईड्रो पावरका लगानीकर्ताले आज सर्वाधिक कमाए । यो कम्पनीका लगानीकर्ताले आज ६.१० प्रतिशत आर्जन गरे ।  

यस्तै अपर स्याङ्गे हाईड्रोका लगानीकर्ताले ५.९४ प्रतिशत,अपर लोहर खोला हाईड्रोको ५.४३, दोर्दी खोला जलविद्युतको ४.७८ र लिबर्टी इनर्जीका लगानीकर्ताले ४.५४ प्रतिशतले कमाए ।  

सम्पदा लघुवित्तको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ४.८१ प्रतिशतले खस्कियो । यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य ३.५३ र नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ३.३६ प्रतिशतले घट्यो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.