काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको हकप्रदका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयरमूल्य समायोजन गरेको हो ।
समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता १३३६.५५ रुपैयाँ कायम थियो ।
बैंकले शतप्रतिशत हकप्रद निष्कासन प्रयोजनका लागि भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।
बैंकले चुक्तापूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १५ गते अनुमति पाएको थियो । त्यसअघि बैंकको विसं २०७९ असार ८ गते सम्पन्न बैंकको विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।