बुधबार, भाद्र ११,२०८२ 05:36:56
  • बुधबार, भाद्र ११,२०८२ 05:36:56
Global IME Bank Limited

नेप्सेमा उच्च वृद्धि, सबै समूह हरियाली

Hyundai Nepal
नेप्सेमा उच्च वृद्धि, सबै समूह हरियाली
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५३.०१ अंकले बढेर २ हजार ८१९.१० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेर ४८३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरे भन्छन्,  ‘बजार घटबढ स्वभाविक नै हो । लामो समयसम्म घटेको बजारमा आज बाउन्स ब्याक आएको छ । कारोबार पनि ड्राई अप भएकाले बजार बढ्ने अपेक्षा लगानीकर्ताको थियो । बढ्दो बजारमा कारोबार बढ्नुलाई पनि स्वभाविक मान्न सकिन्छ ।’

उनले आजको बढोत्तरीले केही समय निरन्तरता पाउने सक्ने आँकलन समेत गरे ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले अघिल्ला कारोबारहरुमा घट्न रोकिएको बजारले आज दिगो बढोत्तरीलाई संकेत गरेको बताए । अल्पकालिन कारोबारहरु बजार प्रवेश गरेका कारण र खरिद गर्ने लगानीकर्तामा मनोबल बढ्दा आज बजारमा सुधार आएको उनको भनाई छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । विकास बैंक समूह आज सर्वाधिकअर्थात ३.५९ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.५१ प्रतिशत,फाइनान्स २.१५,होटल १.७१, हाईड्रो २, लगानी २.३८, जीवन बीमा २.३९, उत्पादन तथा प्रशोधन २.७४, लघुवित्त १.२५, म्युचुअल फण्ड ०.६२, निर्जीवन बीमा १.७२, अन्य २.२१ र व्यापार समूह २.८७ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६५ करोड ४२ लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ५० करोड ५२ लाख, ग्रीन भेन्चर्सको ४६ करोड ५३ लाख, हिमालयन डिष्ट्रिलरीको ४३ करोड ४० लाख र नेपाल रिपब्लिक मिडियाको २१ करोड १२ दाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । १० प्रतिशतले सेयरमूल्य बढेको विकास हाईड्रोमा आज अपर सर्किट लाग्यो ।  

समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज ९.३६ प्रतिशत, ग्रीन भेन्चर्सको ८.०८,क्रेष्ट माईक्रो लाइफको ७.६० र गार्डियन माईक्रो लाइफको सेयरमूल्य ७.२८ प्रतिशतले बढ्यो ।  

नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.२९ प्रतिशतले घट्यो ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.