काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले बढेको छ । आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१९ प्रतिशलते बढेर ८४४.२६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको २.०८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.८२ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.६७ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.५९ प्रतिशतले घटेर १२३२.०८ रुपैयाँ कायम भएको छ ।
यसका साथै एशियन लाइफको २.३७ प्रतिशत, सिटिजन लाइफको १.६२ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.२० प्रतिशत, हिमालयन लाइफको २.०९ प्रतिशत, आइएमई लाइफको १.२० प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, नेपाल लाइफको १.१३ प्रतिशत, नेशनल लाइफको २.२९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.९० प्रतिशत, सूर्यज्योति लाइफको १.६६ प्रतिशत, सन नेपाल लाइफको १.२५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.३४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.२४ प्रतिशत, आरबीसीएलको ०.६० प्रतिशत, सानिमा जिआइसीको २.२४ प्रतिशत, शिखरको १.१६ प्रतिशत, युनाइटेड अजोडको १.४० प्रतिशत, हिमालयन रि को २.१७ प्रतिशत र नेपाल रि को २.४३ प्रतिशतल घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                