Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्से परिसूचकमा १०.६२ अंकको गिरावट,‘चैत मसान्तको प्रभाव र नाफा बुकिङका कारण घट्यो बजार’

Global IME Bank Limited
नेप्से परिसूचकमा १०.६२ अंकको गिरावट,‘चैत मसान्तको प्रभाव र नाफा बुकिङका कारण घट्यो बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०.६२ अंक अर्थात ०.५१ प्रतिशतले घटेर २०७०.२५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले घटेर ३६८.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘आज बजार घट्नुमा चैत मसान्तको प्रभाव र नाफा बुकिङ दुवै कारण हो । प्राविधिक रुपमा पनि बजार २०६० सम्म ग्याप फिल गर्न आउन सक्ने देखिन्छ । सरकारको सकारात्मक पहलका कारण ठूलो अंकले बजार घटेको छैन ।’

अर्का बजार जानकार सुमन कुमार रिजाल पनि आजको गिरावटलाई स्वभाविक करेक्सन भएको बताउँछन् । ‘यसलाई खरिदको अवसरका रुपमा लिन सकिन्छ । एक दुई दिनमा बजार सम्हालिने र २०६० मा बलियो सर्पोट रहेको देखिन्छ ।’ रिजाल भन्छन् ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा उपसूचक मात्रै हरियाली छायो भने अन्य सबै समूहमा गिरावट आएको छ । आज विकास बैंक समूह ०.८२, वित्त ०.६२ र उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशतले वृद्धि भएका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो दिन होटल समूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ । होटल समूह १.५६ प्रतिशतले घटेको आज बैंकिङ समूह ०.६२, हाईड्रो १.१६, लगानी ०.५९,जीवन बीमा ०.१९,लघुवित्त ०.०३,म्युचुअल फण्ड ०.४०,निर्जीवन बीमा ०.२२, अन्य १.०६ र व्यापार समूह ०.४३ प्रतिशतले घटे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ४१ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोनापुर मिनरल्सको २३ करोड ७ लाख,अपर तामाकोशीको १३ करोड ७८ लाख र घोराही सिमेन्टको ११ करोड २६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले वृद्धि भएको छ । यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ९.५६,मानुषी लघुवित्तको ८.७५ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ७.४३ प्रतिशतले बढेको छ ।  

आज विन नेपाल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । संस्थाको सेयरमूल्य ७.८३ प्रतिशतले घटेको छ ।  

यसैगरी किसान लघुवित्तको सेयरमूल्य ५.२०,युनियन हाईड्रोको ४.६३ र दोल्ती पावरको सेयरमूल्य ४.३४ प्रतिशतले घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.