सोमबार, भाद्र १६,२०८२ 07:39:25
  • सोमबार, भाद्र १६,२०८२ 07:39:25
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ५.१० अर्बमा सीमित

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार ५.१० अर्बमा सीमित
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात १२.०३ अंकले बढेर २ हजार ७६१.८६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशतले बढेर ४७६.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब १० करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ६ अर्ब ६ करोडबराबरको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्,  ‘पछिल्लो समय विभिन्न कारणले बजार बढ्न सकेको छैन । कम्पनीहरुको लाभांश क्षमता ५–७ प्रतिशतभन्दा धेरै नुहुन, कर्जा परिचालन हुन नसक्नु र सेयर कर्जा लिएकाहरुलाई समेत फाइदा नभएका कारण बजार घटिरहेको छ ।’

यद्यपी प्राविधिक रुपमा बजारले ‘बी’ वेभ बनाउन २८४० विन्दुसम्म जान सक्ने उनले बताए ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले लगानीकर्ताको मनोबल बढ्न नसकेका कारण बजारले अपेक्षा अनुरुप गति लिन नसकेको बताए । तर आज भोल्युम ड्राई भएका कारण बजार घट्न रोकिएको उनले बताए ।  

उनले यसपालीको दशैंमा भने बजार बढ्ने दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज बैंकिङ समूह सर्वाधिक बढ्यो। यो समूह आज १.६२ प्रतिशतले बढ्यो।  

यस्तै आज विकास बैंक समूह ०.७५ प्रतिशत, फाइनान्स ०.१९, होटल ०.६३, हाईड्रो ०.०१, लगानी ०.१७, जीवन बीमा ०.१२,उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१९ र निर्जीवन बीमा समूह ०.४२ प्रतिशतले बढ्यो ।  

अन्य र व्यापार समूह मात्रै आज घटे । यी समूहहरु क्रमशः ०.०२ र १.१५ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ८ लाख बढीको कारोबार भयो । यस्तै आज एभरेष्ट बैंकको पनि २४ करोड ४४ लाख, हिमालयन डिष्ट्रिलरीको २१ करोड ८१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ९५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । हिमस्टार उर्जाको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.०७ प्रतिशतले बढ्यो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य पनि ४.०८ प्रतिशत, सिद्धार्थ बैंकको ३.२८ र महिला लघुवित्तको सेयरमूल्य ३.२१ प्रतिशतले बढ्यो ।  

उन्नती सहकार्यको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.६८ प्रतिशतले घट्यो । विकास हाईड्रोको सेयरमूल्य पनि आज ४.८८ प्रतिशत, पियोर इनर्जीको ४.७१, पिपुल्स पावरको ३.६५ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.३४ प्रतिशतले घट्यो ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.