बुधबार, असार १०,२०८३ 11:41:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:41:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण

Laxmi Sunrise Bank Limited
सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामा

आरोहण हुने भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । हजारौं पर्यटक आरोहणको सम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै आएको छ ।  

हालै संघीय सरकारले सुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्कमुक्त गर्दै आरोहण खुला गर्ने निर्णय गरेको छ ।

यसै अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको सहलगानीमा सञ्चालन भइरहेको ूदिगो पर्यटन परियोजना (एसटीपी),

अन्तर्गत, नेपाल पर्वतारोहण संघको नेतृत्व र अपि हिमाल गाउँपालिकाको सहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ अन्तर्गत प्रशिक्षार्थी र प्रशिक्षकहरू आरोहणको तयारीमा गरिएको हो । काठमाडौंमा दुई साता सैद्धान्तिक तालिमपछि अपि क्षेत्रमा दुई साता प्रयोगात्मक तालिम दिइनेछ । तालिम पूरा गरेका विद्यार्थीहरू आगामी दिनमा ट्रेकिङ पिक र अन्य हिमाल आरोहणमा माउन्टेन गाइड वा सहायक गाइडको रूपमा काम गर्नेछन् ।

New Office
CG Motors
Garima Development Bank

तालिममा सहभागी टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौंमा बिदाइ गरेका थिए । मन्त्री पाण्डेले यो अभियान सुदूरपश्चिमका लागि ऐतिहासिक भएको उल्लेख गर्दै यसले स्थानीय समन्वय र सहकार्य प्रवर्द्धन गर्ने र दुवै प्रदेशको पर्यटन विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।  

प्रशिक्षणका क्रममा अपि हिमाल नजिकैको ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफैं बाटो बनाएर आरोहण गर्ने तयारी गरिरहेका छन् । यस अभियानमा १४ जना विद्यार्थी र ६ जना प्रशिक्षक सहभागी छन् । ल्हायुल पिकको सफल आरोहणपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमाल आरोहण गर्नेछन् । त्यसलगत्तै स्थानयी १५ जना ट्रेकिङ गाइडहरुलाई पनि माउन्टेन नेभिगेसन र क्याम्पिङको प्रशिक्षण दिइनेछ ।

यस कदमले अपि क्षेत्रजस्ता ‘भर्जिन टुरिजम डेस्टिनेसन’ को प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । आरोही टोलीमा अपि गाउँपालिकाबाट

पनि सदस्यहरू सहभागी छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन सुविधा र सेवामा सुधार, सीपयुक्त पर्यटन जनशक्ति विकास र पर्यटकीय गन्तव्य प्रवर्द्धन मार्फत स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको जानकारी गराएका छन् ।  

उनले भने, ‘यस कदमले ओझेलमा रहेको अपि हिमालको आरोहण प्रबर्द्धन र समग्र सुदूरपश्‍चिमको पर्यटन क्षेत्र चलायमान हुने विश्‍वास हामीले लिएका छौं । यसका साथै दीगो पर्यटन विकास र स्थानीय समुदायमा पर्यटनमैत्री सेवा विस्तार र पूर्वाधार सुधारमा पनि टेवा पुग्‍नेछ ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.