बुधबार, असार १७,२०८३ 08:38:58
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:38:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेपख खुला भएको थियो ।  

यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले भदौ २९ गते अगावै उक्त योजनाको निष्कासन तथा बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।    

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.