काठमाण्डौ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएका छन् ।
एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो ।
सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवम् ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन् । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फिजियो थेरापी र मेडिसिनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहात हुने बैंकले विश्वास लिएको छ। सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष चुन्नुप्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
छुट पाउनका लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीका लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेछ।