सोमबार, असार २९,२०८३ 09:15:25
Bizshala
  • सोमबार, असार २९,२०८३ 09:15:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

Laxmi Sunrise Bank Limited
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाण्डौ । थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बार तथा मनोरञ्जनस्थलमा सोमबार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घटनामा केही व्यक्ति अझै सम्पर्कविहीन रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थाइल्यान्डका उपप्रधानमन्त्री तथा गृहमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट हालसम्म २७ जनाको शव निकालिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने आगलागीको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको उनले बताएका छन्।

आगलागी सोमबार राति करिब १२ बजेपछि बैंककको चाटुचक जिल्लास्थित लोकप्रिय बार रोंग बियर ना लाट फ्राओमा भएको हो। प्रत्यक्षदर्शीका अनुसार आगो अत्यन्त तीव्र गतिमा फैलिएको थियो, जसका कारण मानिसहरू मुख्य प्रवेशद्वार हुँदै ज्यान जोगाउन भागेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भवनको अगाडिबाट ठूलो आगोको मुस्लो निस्किरहेको र मानिसहरू भाग्दै गरेको दृश्य देखिन्छ।

New Office
CG Motors
Garima Development Bank

अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये ९ पुरुष र १८ महिला रहेका छन्।

अनुटिनले घटनास्थलमा रहेका एक संगीतकर्मीसँगको कुराकानी उद्धृत गर्दै प्रारम्भिक रूपमा विद्युत् कट–आउट स्विच नजिकबाट आगो सुरु भएको जानकारी दिएका छन्। 

उनका अनुसार आगो लागेपछि केहीबेरमै विस्फोटजस्तो आवाज आएको थियो र धुवाँ तथा आगोबाट बच्न धेरैजना भवनको पछाडिपट्टि तथा शौचालयतर्फ पुगेका थिए। अधिकांश शव त्यहीँबाट फेला परेको उनले बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, बैंककका गभर्नर चाचार्ट सिट्टिपुन्टले बारभित्र प्रयोग गरिएका ज्वलनशील सजावटका सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुमान व्यक्त गरेका छन्। साथै, आगलागीका बेला आपत्कालीन निकासमार्गमा सामान राखिएको हुन सक्ने सूचना प्राप्त भएको भन्दै उनले यसबारे फरेन्सिक टोलीमार्फत विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी सुरु भएको देखेपछि त्यहाँबाट गुज्रिरहेका एक चालकले आफ्नो गाडी रोकेर बारका झ्यालहरू फुटाई दुई जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका थिए।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ भने मृतक तथा घाइतेहरूको आधिकारिक पहिचान सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.