आईतवार, असार २८,२०८३ 05:44:08
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:44:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एसके हाइनिक्सको अमेरिकी सेयरबजार यात्रा: आईपीओबाट २६.६ अर्ब डलर संकलन, विदेशी कम्पनीमध्ये हालसम्मकै ठूलो सूचीकरण

Laxmi Sunrise Bank Limited
एसके हाइनिक्सको अमेरिकी सेयरबजार यात्रा: आईपीओबाट २६.६ अर्ब डलर संकलन, विदेशी कम्पनीमध्ये हालसम्मकै ठूलो सूचीकरण

काठमाण्डौ । बढ्दो एआई प्रविधिसम्बन्धी सेमिकन्डक्टरको विश्वव्यापी मागका बीच दक्षिण कोरियाली चिप निर्माता एसके हाइनिक्सले अमेरिकाको नास्डाकमा सूचीकृत हुनुअघि २६.५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब नेपाली रुपैयाँं) बराबरको रकम संकलन गर्दै नयाँ इतिहास रचेको छ।)

कम्पनीले शुक्रबार १७ करोड ७९ लाख अमेरिकी डिपोजिटरी सेयर (एडीएस) प्रतिसेयर १४९ डलरका दरले बिक्री गरेको जनाएको छ। यी एडीएसहरू करिब १ करोड ८० लाख साधारण सेयर बराबर हुन्।

यो आईपीओ अमेरिकामा कुनै विदेशी कम्पनीले गरेको हालसम्मकै सबैभन्दा ठूलो सूचीकरण बनेको छ। यसअघि सन् २०१४ मा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा ले २५ अर्ब डलरको आईपीओमार्फत कीर्तिमान बनाएको थियो। विश्वव्यापी रूपमा भने एसके हाइनिक्सको सूचीकरण स्पेसएक्स पछिको दोस्रो ठूलो मानिएको छ।

New Office
CG Motors
Garima Development Bank

ब्लूमबर्गका अनुसार कम्पनीको आईपीओमा लगानीकर्ताको उत्साह अत्यधिक देखिएको छ। यो प्रस्ताव सात गुणाभन्दा बढी ओभरसब्स्क्राइब भएको थियो, जसमा करिब १७१ अर्ब डलर बराबरको खरिद आवेदन परेको बताइएको छ।

विश्लेषकहरूका अनुसार यसले एआई प्रविधिका लागि आवश्यक हाइ–ब्यान्डविथ मेमोरी तथा अन्य उन्नत मेमोरी चिपहरूको माग अझै तीव्र रहेको स्पष्ट संकेत दिएको छ। हाल एसके हाइनिक्स एनभिडिया लगायत प्रमुख एआई कम्पनीहरूको मुख्य मेमोरी चिप आपूर्तिकर्तामध्ये एक हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले सन् २०२६ को पहिलो त्रैमासिकमा ४०.३४ ट्रिलियन कोरियन वन (करिब २६.६ अर्ब अमेरिकी डलर) खुद नाफा कमाएको जनाएको छ। यही बलियो वित्तीय प्रदर्शनका कारण यस वर्ष दक्षिण कोरियाको सेयर बजारमा कम्पनीको सेयर मूल्य करिब २२९ प्रतिशतले वृद्धि भएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.