आईतवार, असार २८,२०८३ 04:41:44
Bizshala
  • आईतवार, असार २८,२०८३ 04:41:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व तेल आपूर्तिमाथि संकटको बादल, इरानले हर्मुज जलमार्ग बन्द गरेको घोषणा

Laxmi Sunrise Bank Limited
विश्व तेल आपूर्तिमाथि संकटको बादल, इरानले हर्मुज जलमार्ग बन्द गरेको घोषणा

 

काठमाण्डौ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएसँगै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ।

आइआरजीसीको नौसैनिक बलले निर्धारित मार्ग उल्लंघन गर्दै निगरानी प्रणाली बन्द गरेको एउटा व्यावसायिक जहाजमाथि चेतावनीस्वरूप प्रहार गरिएको जनाएको छ। प्रहारपछि जहाज रोकिएको र जलमार्गमा अनुमति नलिई प्रवेश गर्ने जहाजमाथि कारबाही गरिने चेतावनीसमेत इरानले दिएको छ।

यद्यपि, अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानको घोषणाविपरीत हर्मुज हुँदै व्यावसायिक जहाजहरूको आवागमन जारी रहेको दाबी गरेको छ। यसले जलमार्ग पूर्ण रूपमा बन्द भएको हो वा इरानले नियन्त्रण कडा बनाएको मात्र हो भन्ने विषयमा अन्योल सिर्जना गरेको छ।

New Office
CG Motors
Garima Development Bank

शनिबार साइप्रसको झन्डा बोकेको कन्टेनर जहाजमाथि इरानी पक्षले प्रहार गरेपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको व्यापक हवाई आक्रमण गरेको थियो। उक्त जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको, आगलागी भएको र एक जना चालकदल सदस्य बेपत्ता रहेको बताइएको छ।

अमेरिकी सेनाले इरानका करिब १४० सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ। आक्रमणमा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपण केन्द्र, सञ्चार प्रणाली, तटीय निगरानी केन्द्र र सैन्य पूर्वाधारलाई निशाना बनाइएको अमेरिकी दाबी छ।

अमेरिकी आक्रमणको जवाफमा आइआरजीसीले जोर्डनस्थित सैन्य आधारमा रहेको कमान्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गर ध्वस्त बनाएको दाबी गरेको छ। उसले कुवेतस्थित अमेरिकी राडार प्रणाली, ओमानमा रहेका अमेरिकी सैन्य सहयोग संरचना र कतारस्थित विमान मर्मत तथा कमान्ड केन्द्रमाथि समेत आक्रमण गरेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कतार, कुवेत, बहराइनलगायत खाडी मुलुकहरूले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनलाई आफ्ना वायु रक्षा प्रणालीले रोक्ने प्रयास गरेको बताएका छन्। कतारमा आक्रमणका क्रममा खसेका टुक्राबाट एक बालकसहित तीन जना घाइते भएका छन्।

विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास व्यापारको करिब पाँचौं हिस्सा हर्मुज जलमार्ग हुँदै ओसारपसार हुने गरेको छ। त्यसैले जलमार्ग लामो समय अवरुद्ध भए अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्ने, ढुवानी तथा बीमा खर्च बढ्ने र नेपालजस्ता पूर्ण रूपमा आयातमा निर्भर मुलुकमा पेट्रोलियम पदार्थको मूल्य तथा समग्र महँगीमा दबाब पर्ने जोखिम देखिएको छ।

इरानले अमेरिकी आक्रमणको अझ कठोर जवाफ दिने चेतावनी दिएको छ भने अमेरिकाले पनि जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित नभएसम्म सैन्य कारबाही जारी राख्न सक्ने संकेत गरेको छ। पछिल्लो घटनाले अमेरिका–इरानबीचको कमजोर युद्धविराम पुनः भंग हुने र खाडी क्षेत्र व्यापक युद्धमा धकेलिने जोखिम बढाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.