आईतवार, असार २८,२०८३ 04:40:33
Bizshala
  • आईतवार, असार २८,२०८३ 04:40:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पका भरोसायोग्य सिनेटरको आकस्मिक निधन, विष दिएर मारिएको दाबी

Laxmi Sunrise Bank Limited
ट्रम्पका भरोसायोग्य सिनेटरको आकस्मिक निधन, विष दिएर मारिएको दाबी

वासिङ्टन । अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी लिन्डसे ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन भएको छ।

साउथ क्यारोलिनाबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्दै आएका ग्राहमको शनिबार साँझ ‘छोटो र आकस्मिक बिरामी’ पछि निधन भएको उनको कार्यालयले जनाएको छ। परिवारले कठिन समयमा गोपनीयता कायम गरिदिन आग्रह गरेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार शनिबार राति वासिङ्टनस्थित क्यापिटल हिलमा रहेको ग्राहमको निवासबाट छाती दुखेको भन्दै आपत्कालीन सेवामा खबर गरिएको थियो। त्यसको केही समयपछि कार्डियक अरेस्ट भएको सूचना दिँदै स्वास्थ्यकर्मीले सीपीआर गरेका थिए। यद्यपि, उनको मृत्यु हृदयाघातकै कारण भएको हो भन्ने आधिकारिक पुष्टि भइसकेको छैन।

New Office
CG Motors
Garima Development Bank

दक्षिणपन्थी वृत्तमा उठ्यो ‘विष दिइएको’ प्रश्न

ग्राहमको अचानक निधनपछि अमेरिकाका केही दक्षिणपन्थी कार्यकर्ता तथा प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनालाई सम्भावित षड्यन्त्रसँग जोड्न थालेका छन्।

ट्रम्प समर्थक राजनीतिक कार्यकर्ता लोरा लुमरले ग्राहमलाई कुनै विदेशी शक्तिले विदेशमै वा अमेरिका फर्किएपछि विष दिएको हुनसक्ने आशंका गर्दै मृत्युको अनुसन्धान गर्न माग गरेकी छन्। उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले केही दिनअघि ग्राहमलाई मार्न आह्वान गरेको दाबीसमेत गरेकी छन्।

तर लुमरको आशंकालाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। अमेरिकी संघीय अनुसन्धान तथा कानुन कार्यान्वयन गर्ने निकायले पनि विष प्रयोग, हत्या वा विदेशी षड्यन्त्रको कोणबाट अनुसन्धान सुरु गरेको घोषणा गरेका छैनन्। ग्राहमको कार्यालयले समेत मृत्युको विस्तृत कारण सार्वजनिक गरेको छैन।

इरानका कट्टर आलोचक, इजरायलका बलिया समर्थक

ग्राहम अमेरिकाको आक्रामक विदेश नीतिका प्रमुख समर्थकमध्ये एक थिए। उनी इरानको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध कडा कारबाहीको पक्षमा रहँदै आएका थिए। उनले इरानमाथि अमेरिकी सैन्य कारबाहीको समर्थन गर्नुका साथै इजरायलसँगको अमेरिकी गठबन्धन अझ बलियो बनाउनुपर्ने धारणा राख्थे।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ग्राहमलाई इजरायलको महान् मित्र भन्दै उनको निधनबाट अमेरिका र इजरायल दुवैले एक दृढ समर्थक गुमाएको बताएका छन्।

ग्राहमले अमेरिका-इरान वार्तामा पाकिस्तानले मध्यस्थता गरेकोप्रति पनि गम्भीर प्रश्न उठाएका थिए। उनले पाकिस्तानप्रति आफूलाई विश्वास नभएको भन्दै इरानसँगको सम्बन्ध र मध्यस्थकर्ताको भूमिकाबीच विरोधाभास देखिएको बताएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युक्रेनबाट फर्किएको भोलिपल्ट निधन

निधन हुनुअघि ग्राहम युक्रेन भ्रमणमा थिए। उनले जुलाई १० मा किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका थिए। उनी स्वदेश फर्किएको एक दिनभन्दा कम समयमै बिरामी परेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा थप आशंका फैलिएको हो।

तर विदेश भ्रमण र उनको निधनबीच सम्बन्ध रहेको पुष्टि गर्ने चिकित्सा वा अनुसन्धानसम्बन्धी कुनै तथ्य सार्वजनिक भएको छैन।

सन् २००३ देखि अमेरिकी सिनेटमा रहेका ग्राहम पहिले ट्रम्पका आलोचक थिए। पछि उनी ट्रम्पका सबैभन्दा निकट राजनीतिक सहयोगी र विदेश नीतिसम्बन्धी प्रमुख सल्लाहकारमध्ये एक बनेका थिए। उनको निधनले अमेरिकी सिनेट, रिपब्लिकन पार्टी तथा इरान–इजरायलसम्बन्धी अमेरिकी नीतिमा महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।

-एजेन्सीहरुको सहयोगमा

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.