काठमाण्डौ । पोल्याण्डले नाटोको लडाकु विमानहरूलाई देशको हवाई क्षेत्र बारम्बार उल्लङ्घन गर्ने रूसी ड्रोनहरूलाई खसाल्न खटाइएको जनाएको छ। यसबाहेक पोल्याण्डले इरानी मूलका केही रुसी ड्रोन खसालेको दाबी समेत गरेको छ ।
पोल्याण्ड र नाटो गठबन्धनबाट एफ१६ लडाकु विमानहरू बुधबार बिहान सक्रिय गरिएको थियो र नागरिकहरूलाई ड्रोनहरू कब्जा गर्न सैन्य अपरेशन सुरु गरेपछि घरमै बस्न आग्रह गरिएको थियो।
रुसी ड्रोन खसालेको पोल्याण्डको दाबी एकदमै खतरनाक भएको जनाइएको छ । किनभने पोल्याण्ड नाटो को सदस्य हो र नाटो को धारा ५ अनुसार कुनै पनि नाटो देशमा आक्रमण भएमा सबै नाटो देशहरूलाई आक्रमण मानिनेछ। त्यसैले पनि यसले युद्ध हुने सम्भावना निकै बढेको छ । पोल्याण्डले आफ्ना नागरिकहरूलाई घरमै बस्न आग्रह गरेको छ। यसअघि युक्रेनी वायुसेनाले टेलिग्राम मेसेजिङ एपमा रुसी ड्रोनहरू पश्चिमतर्फ गइरहेको र पोल्याण्डको जामोस्क सहरमा आक्रमणको खतरा रहेको बताएको थियो।
हाल कति रुसी ड्रोन पोल्याण्डमा प्रवेश गरेका थिए र कति ड्रोन पोल्याण्डको वायुसेनाले खसालेका थिए भन्ने स्पष्ट भन भएको छैन । पोल्याण्डका अधिकारीहरूले वार्साको चोपिन एयरपोर्ट र मोडलिन एयरपोर्ट माथिको हवाई क्षेत्र पनि सैन्य गतिविधि को कारण बन्द गरिएको बताए।
यस्तै युक्रेनी मिडियाले कम्तिमा एउटा ड्रोन युक्रेनको पश्चिमी सीमा नजिकैको पश्चिमी पोलिश शहर रजेस्जो तर्फ गइरहेको थियो भनेर रिपोर्ट सार्वजनिक गरेको छ।