बुधबार, भाद्र २५,२०८२ 11:14:24
  • बुधबार, भाद्र २५,२०८२ 11:14:24
Global IME Bank Limited

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग

Hyundai Nepal
सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग

काठमाण्डौ । जेनजीको विभिन्न समूहबीच अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि बढाउने नामको विषयमा आपसी असहमति देखिएको छ ।  

जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउनुपर्ने निर्णय गर्दै सोही व्यहोराको जानकारी नेपाली सेनालाई पठाइसकेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोही विषयमा जंगगी अड्डामा जेनजीका प्रतिनिधिहरुसँग वार्ता भइरहँदा बाहिर भने युवाहरुको ठूलो समूहले सुशीला कार्कीको नामप्रति असन्तोष पोख्दै नाराबाजी गरिरहेका छन् ।  

जंगगी अड्डा अगाडि भेला भएका जेनजीहरुले बालेन शा, हर्क साम्पांग, सागर ढकाल जस्ता युवा पुस्तालाई अन्तरिम सरकार प्रमुखको रुपमा अगाडि बढाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन् ।

उनीहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाएर फेरि बूढाहरुलाई नै ल्याउने प्रपञ्च आफूहरुलाई स्वीकार्य नहुने समेत सो क्रममा बताएका छन् । 

अहिले नेपाली सेनाले जेनजीका विभिन्न समूहहरुबाट उनीहरुले दिने सम्भावित अन्तरिम सरकार प्रमुखको नाम, अजेण्डा लगायतको विषयमा बुझ्ने काम गरिरहेको छ । सबै समूहको कुरा बुझेपछि ठोस विषयसहित राष्ट्रपतिसँग वार्ता गराउने सेनाको प्रयास छ ।  

फोटो क्रेडिट: सुवास श्रेष्ठ

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.