बुधबार, श्रावण ६,२०८३ 09:55:20
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:55:20
Bizshala
Global IME Bank Limited

अन्तरिम प्रधानमन्त्रीलाई राष्ट्रिय व्यवसायिक पहलद्वारा बधाई

अन्तरिम प्रधानमन्त्रीलाई राष्ट्रिय व्यवसायिक पहलद्वारा बधाई
New Office

काठमाण्डौ । नेपाल व्यवसायिक पहल (NBI) ले नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएको छ।

संस्थाका अध्यक्ष कुशकुमार जोशीले पठाएको शुभकामना सन्देशमा कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले शान्ति स्थापनादेखि सुशासन, भ्रष्टाचार निवारण, समावेशी विकास र युवाको आकांक्षा सम्बोधन गर्ने अपेक्षा राखिएको उल्लेख गरिएको छ।

सन्देशमा हालैको नवयुवा पुस्ताको आन्दोलनले लोकतान्त्रिक चेतना र सामाजिक न्यायप्रतिको अपेक्षालाई उजागर गरेको भन्दै अब बन्ने मन्त्रिपरिषद्ले जनताको आवाज सुन्ने र आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ।

व्यवसायिक क्षेत्रले सरकारसँग सहकार्य गरेर आर्थिक स्थिरता, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा योगदान दिने विश्वास शुभकामना पत्रमा व्यक्त गरिएको छ।

जोशीले प्रधानमन्त्री कार्कीको कार्यकाल ऐतिहासिक र सफल होस् भन्ने शुभकामना दिँदै देशलाई समृद्ध र सामाजिक सद्भावतर्फ अघि बढाउन व्यवसायिक क्षेत्र सधैं सहयोगी हुने बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.