काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सुकिला नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको छ ।
यसका साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्न सकिन्छ। ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।
ग्राहकले असोज १० गतेसम्म ५, १०, २०, ५० र १०० दरका एकएक बण्डल नोट साट्न सक्नेछन् ।