• आईतवार, भाद्र २९,२०८२ 08:09:53
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ताबीच अर्थमन्त्रीको चर्चा, भन्छन ‘आन्दोलन पछिको बजारले नयाँ उचाई लिन्छ ’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ताबीच अर्थमन्त्रीको चर्चा, भन्छन ‘आन्दोलन पछिको बजारले नयाँ उचाई लिन्छ ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले हाम्रो नियमित स्तम्भ ग्राउण्ड जीरोलाई निरन्तरता दिएका छौं । अघिल्लो साताको ठूलो राजनीति परिवर्तन पश्चात आज राजधानीका सडकहरुमा निकै चहलपहल देखिन्थ्यो । सेयर बजारमा भेटिएका लगानीकर्ताहरुमा केही अन्यौलता आशा दुबै भेटिन्थ्यो ।  

आज ब्रोकरहाउसहरु आंशिक रुपमा खुलेता पनि धितोपत्र बोर्डले गत असोज २ गतेसम्म सेयर बजार बन्द गरेकाले सेयर कारोबार भने भएन । यद्यपी ब्रोकर हाउसहरुमा छिटपुट रुपमा लगानीकर्ताहरुको उपस्थिती देखिन्थ्यो । जेनजी आन्दोलनका कारण अघिल्लो सातादेखि बन्द रहेका ब्रोकरहाउसहरुमा आज केही फरक दृष्यमा देखियो । आज ब्रोकरहाउसहरुमा राजनीतिक परिवर्ततको चर्चा ज्यादा सुनियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज हामी सबै भन्दा पहिले नियामकिय निकाय नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा पुगेर गतिबिधि नियाल्ने प्रयास गर्यौं । नेपाल स्टक एक्सचेञ्जमा हामी पुग्दा फोनका घण्टीहरु बज्दै थिए । केही लगाकर्ताहरुले बजार खुल्ने वा नखुल्ने विषयमा जिज्ञासा राख्दै थिए । स्टक एक्सचेञ्जका कर्मचारीले धितोपत्र बोर्डले आगामी सातासम्म बजार बन्द गर्ने सूचना जारी गरेकाले बजार बन्द भएको र हालसम्म नयाँ सूचना केही जारी नभएको जबाफ दिँदै थिए । स्टक एक्सचेञ्जभित्र पनि अघिल्लो साताको आन्दोलनकै विषयमा चर्चा सुनिन्थ्यो । केही समयको बसाई पछि हामीले अनामनगरका केही ब्रोकर हाउसहरु नियाल्ने जमर्को गर्यौं ।

आज सेयर कारोबार नभएका कारण पुराना लगानीकर्ता खासै देखिदैनथे भने केही नयाँ लगानीकर्ताहरु फारम भर्दै गरेका देखिन्थे । ब्रोकर सञ्चालक अघिल्लो साताको सेटलमेन्टको कारण हतार हतारमा ब्रोकर हाउस आइपुगेको बताउँदै थिए । यस ब्रोकरमा सामान्य अबस्था देखेपछि हामी नजिकै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौं । यहाँ पनि ब्रोकर खुलेको थियो तर लगानीकर्ता भने खासै देखिदैनथे ।  

आज हामी पुगेका अधिकांश ब्रोकरहाउसहरु खुलेका देखिन्थे भने केही बन्द पनि थिए । खुलेका ब्रोकरहाउसहरुका  सञ्चालक फुर्सदिला देखिन्थे । ब्रोकरहरु नियाल्ने क्रममा हामी अनामनरबाट पुतलीसडकमा रहेका केही ब्रोकरहाउसहरुमा पुग्यौं । शंकरदेव क्याम्पस अगाडी रहेको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ केही लगानीकर्ता गत साताको आन्दोलनको बिषयमा छलफल गर्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अघिल्लो साताको आन्दोलन देखेर आफू अझै पनि राम्रोसँग सुत्न नसेको बताउँदै थिए ।

यसै ब्रोकरहमा भेटिएका केही लगनीकर्ताले अबस्था सामान्य नभएसम्म बजार खोल्न नहुने तर्क पनि गर्दै थिए । केही लगानीकर्ताहरुले भने अब देशको अर्थमन्त्री को होला भन्ने ? जिज्ञासा पनि राखेको सुनिन्थ्यो । केहीले बाबुराम र सुशिला कार्की नातेदार पर्ने भएकाले सपथग्रहणमा गएको चर्चा गरे । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले अर्थ मन्त्रीमा रामेश्वर खनालको चर्चा भईरहेको सुनाए ।  

यहाँबाट हामी श्वेता सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २५) मा पृुग्यौं । यहाँ पनि केही लगानीकर्ता सेयर बजार भन्दा पनि गत साताकै आन्दोलनको चर्चा गर्दै थिए । यतिकैमा एक लगानीकर्ताले अघिल्लो साताको अन्दोलनले देशमा ठूलो क्षति भएको बताए ।  

यतिकैमा एक लगानीकर्ताले कडा स्वरमा भने,‘नेतालहरुले लुटे भन्दा आन्दोलनको क्षति कमै हो ।’ आज ब्रोकरहाउसहरुमा कारोबार नभएता पनि लगानीकर्ताहरु उपस्थिति ठीकै देखिन्थ्यो ।  

यहाँबाट हामी लगानीकर्ता प्रायः जम्मा हुने नेपाल सेयरधनीको संघको कार्यलय नयाँबानेश्वर पुग्यौं । यहाँ पनि लगानीकर्ताहरु आन्दोलन र सेयर बजारकै विषयमा चर्चा गर्दै थिए । यस ब्रोकरहाउसमा भेटिएका केही लगानीकर्ताहरुले विश्वासका साथ भन्दै थिए ‘बंगलादेश र श्रीलंकामा आन्दोलन पछि नै बजारले अल टाइम हाई बनाएको थियो । नेपालमा पनि अब बजारले नयाँ उचाइ लिन्छ नै । बजार खुले पछि एक दिन तल माथि हुन्छ तर अब बजारले अवश्य गति लिन्छ ।’

यहाँ पनि लगानीकर्ताहरुले अर्थतन्त्र बुझेका रामेश्वर खनाल अर्थमन्त्री हुन सक्ने आँकलन गर्दै गरेको सुनियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.