• बिहीबार, आश्विन २,२०८२ 05:43:21
Global IME Bank Limited

सेयरबजार सञ्चालन गर्नुअघि लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

Hyundai Nepal
सेयरबजार सञ्चालन गर्नुअघि लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले सेयरबजार सञ्चालन गर्नुअघि २५ करोडको क्याप हटाउनुपर्ने जस्ता मागहरु राखेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र नेपाल राष्ट्र बैंकलाई एकमुष्ट पत्रमार्फत सेयर लगानीकर्ताहरुले चारबुँदे माग पेश गरेका छन् ।  

नेपालको शेयर बजार लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको र तरलता अभाव, अव्यवहारिक नियम, अनावश्यक प्रतिबन्ध जस्ता कारणले थप समस्या सिर्जना भएको जानकारी गराउँदै लगानीकर्ताहरुले हाल कायम राजनीतिक सङ्कट र आर्थिक असन्तुलनलाई ध्यानमा राखी बजार सञ्चालन अघि अनिवार्य रुपमा ४ बुँदे मागहरु पूरा गर्न आग्रह गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले राखेका मागहरू तत्काल कार्यान्वयन नगरी बजार सञ्चालन गरिएमा यसलाई अस्वीकार गर्ने लगानीकर्ताहरुले जनाएका छन् । साथै मागका विषयलाई गम्भीरतापूर्वक सम्बोधन नगरिएम थप संघर्षका कार्यक्रमहरू अघि बढाउने लगानीकर्ताहरुले चेतावनी समेत दिएका छन् ।  

सेयर लगानीकर्ताहरुले माग गरेका ४ बुँदे मागः  

१.१५ मिनेटको नियम खारेज अन्तिम कारोबार मूल्य समायोजन प्रक्रिया तुरुन्तै खारेज गरिनुपर्दछ ।

२. बैंकलाई बिना रोकटोक धितोपत्र दोस्रो बजारमा लगानी गर्न दिने बैंक तथा वित्तीय संस्थाहरुलाई स्वतन्त्र रूपमा शेयर बजारमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्दछ ।

३. २५ करोडको क्यापट हटाउने– लगानीकर्ताका लागि तोकिएको २५ करोडको सीमा हटाई बजारअनुकूल स्वतन्त्र लगानी गर्न पाउनेव्यवस्था मिलाउनुपर्दछ ।

४. कर्मचारीलाई दिने सुविधा ९बोनस० मा लचिलोपन–हालसम्म कर्मचारीलाई बोनस नगदमा मात्र दिने प्रचलन छ । अबदेखि बोनस नगदसँगै शेयरको रुपमा पनि वितरण गर्न पाउने व्यवस्था मिलाउनुपर्दछ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.