शनिबार, जेष्ठ २,२०८३ 08:32:46
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:32:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपडेट: अन्तिम १५ मिनेटको औसतसम्बन्धी नियम हट्ने आश्वासनपछि सेबोनबाट फर्किए लगानीकर्ता

Laxmi Sunrise Bank Limited
अपडेट: अन्तिम १५ मिनेटको औसतसम्बन्धी नियम हट्ने आश्वासनपछि सेबोनबाट फर्किए लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । अन्तिम १५ मिनेटको औसतका आधारमा नेप्से गणना गर्ने व्यवस्था हट्ने प्रतिबद्धतापछि धितोपत्र बोर्ड घेराउ गर्न पुगेका लगानीकर्ता फर्किएका छन् ।  

सेयर लगानीकर्ताको एउटा समूह प्लेकार्डसहित आज दिउँसो प्रदर्शन गरी आफ्ना माग पूरा गराउन तथा ज्ञापनपत्रसहित धर्ना बस्न भन्दै धितोपत्र बोर्ड पुगेको थियो । 

Bizshala
New Office
CG Motors

त्यहाँ लगानीकर्ताहरुले आफ्ना माग पूरा नभएसम्म त्यहाँबाट नउठ्ने अडान लिएका थिए ।  

आफ्ना माग तत्काल पूरा हुनुपर्ने अडानसहित बोर्ड पुगेका उनीहरुलाई अर्थमन्त्रालयमा रहेका बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग टेलिफोनमा कुराकानी गराइएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

लगानीकर्ताहरुले ह्याण्ड्स फ्री गरेर कुराकानी गरेका थिए । सो क्रममा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले आफू अन्तिम १५ मिनेटको औसतवाला व्यवस्था खारेजीको पक्षमा रहेको र आइतबार बजार खुल्नुअघिसम्म सो नियम हटिसक्ने वचन दिएका थिए ।  

बोर्ड अध्यक्षको वचन पाएपछि आफ्नो माग पूरा हुने सुनिश्चित भएको भन्दै लगानीकर्ता सेबोनबाट फर्किएका हुन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.