काठमाण्डौ । लगानीकर्ताहरुको चर्को दबाबपछि नियामक निकाय धितोपत्र बोर्ड र नेप्से १५ मिनेटको भारित औषत मूल्य निधारण विधि पुनरावलोकन गर्न छलफलमा जुटेका छन् ।
नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले दिएको जानकारी अनुसार अहिले साँझ नेपाल स्टक एक्सचेञ्जमा यसै बिषयमा छलफलको लागि बैठक बोलाइएको छ । १५ मिनेटको औषत गणना विधि हटाउनको लागि नेप्सेले धितोपत्र बोर्डलाई टिप्पणी उठाएर पठाउनु पर्नेछ ।
यस अघि धितोपत्र बोर्डले यस विषयमा अध्ययन गर्न एक अध्ययन समिति पनि बनाएको थियो । यसअघि नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई कार्यन्वयन गर्दै चैत ७ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।