काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सत्य राम ज्याख्व नियुक्त भएका छन् । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्याख्वलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई २०८३ असार मसान्तसम्मका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी कम्पनीद्वारा प्रवद्र्धित रसुवागढी जलविद्युत आयोजनाका प्रमुख हुन् ।